NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

कांग्रेसका बहुसंख्यक सांसद ओली होइन प्रचण्डतिर

काठमाडौं । कांग्रेसका अधिकांश सांसदहरूले विकसित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री केपी ओली पक्षतिर उभिन नैतिक आधार नै नभएको बताएका छन् । संविधान नै मास्ने गरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओली पक्षमा नभई नयाँ सरकार बन्ने अवस्थामा प्रचण्ड माधव नेपाल पक्षमा उभिनुपर्ने गरी मत प्रकट गरेका हुन् । शुक्रबार बानेश्वरस्थित संसद भवन परिसरमै बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले संविधान मास्न खोज्ने प्रतिगामी कदमका विरुद्ध आन्दोलन पनि गर्ने र ओलीसँगै मिलेर सरकार पनि बनाउन खोज्ने विषय सोच्न पनि नसकिने बताएका हुन् । ‘केपी ओलीसँग मिल्ने कुरा प्राकृतिक होइन, प्रतिनिधि सभा विघटन गरेपछि उनीविरुद्ध आन्दोलन गरेपछि उनीबाहेक अन्य घटकसम्म मिलेर जानुपर्छ भन्नेमा अधिकांश सांसदको जोड छ,’ नेता गगन थापाले भने, ‘ओलीसँग जानै हुँदैन भन्ने मत धेरै छ । ओलीको बर्हिगमन मुख्य हो ।’ सरकारमा नेतृत्व गरेर जाने अवस्थामा छोड्न नहुने तर सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाएर जानुुपर्नेमा सांसदहरू एकमत रहेको नेता थापाले बताए । तर, थापाले आफ्नो मत फरक रहेको बताए । संसदीय दलको बैठकले केपी ओलीले अब नैतिक, वैधानिक रुपले प्रधानमन्त्रीमा बस्ने आधार गुमाएको भन्दै तत्काल राजीनामा दिनुपर्ने विषयबारे निर्णय गर्नपर्ने बताएका थिए । राजीनामा दिन नमाने हटाउने अग्रसरता कांग्रेसले लिनुपर्ने भनाइ उनको थियो । थापाले सरकारमा नबसी बाहिर बसेर सहयोग गरेर जाने विषयमा पनि कांग्रेस खुल्ला हुनुपर्ने मत राखेका थिए । दल बैठकले औपचारिक रुपमा कुनै निर्णय नगरेपछि सांसदहरुका कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले हतार नगरौं, नेकपाका झगडा केही दिन हेरौं । फेरि एक दुई दिनमा बैठक बोलाएर आवश्यक निर्णय गरौंलाु भनेर बैठक टुंग्याएका थिए । बैठकको सुरुवातमा भने देउवाले विकसित राजनीतिक घटनाक्रमपछि दुवै पक्षबाट प्रधानमन्त्री बनिदिन आफूलाई अफर आएको बताएका थिए । अफर आएपछि पार्टीमा आवश्यक सरसल्लाहपछि मात्रै निर्णय पुग्नुपर्ने उनले बताएका थिए । बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले पनि उचित समयमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबारे उचित निर्णय लिने जानकारी दिए । गगन थापा, देवेन्द्रराज कँडेल, भरत साह, संजय गौतम, राजन केसी, पुष्पा भुसालसहितका सांसदहररूले ओलीसँग मिलेर जाने विषय सोच्न पनि नसकिने बताएका थिए । दुई तिहाइ मत ल्याएर पनि नेकपाले देशमा अस्थिरता ल्याएको भन्दै कांग्रेसका सांसदहरुले नेकपाको कमजोरीलाई कांग्रेसले आगामी निर्वाचनको मुद्दा बनाएर जानुपर्ने मत राखेका थिए । सांसद संजय गौतमले पनि कांग्रेसका लागि ऐतिहासिक अवसर आउन लागेको भन्दै प्रधानमन्त्रीको बहिर्गमनलाई कांग्रेसले तत्काल पर्खिनेबारे मोटामोटी सहमति जुटेको जानकारी दिए । ‘केही दिन पर्खिने र हेर्ने भन्ने नै हाम्रो मोटामोटी सहमति हो । कांग्रेसलाई ऐतिहासिक भूमिका आउने देखिन्छ । यसको लागि तयार छौं । ओलीको बहिर्गमन कसरी अघि बढछ यसको मात्रै पखाइ हो । नेकपाको आन्तरिक राजनीति पनि हेर्नुछ,’ उनले भने, ‘यसैका लागि केही दिन पर्खिएर निर्णयमा पुगौं भन्ने सभापतिसहितका नेताहरुको मत आयो । तर, हामी केपी ओलीसँग त जानै हँदैन । हाम्रो सपोर्ट खोज्न सक्नुहुनछ । हामीलाई नैतिक आधार छैन । ओलीको कदम प्रतिगामी र असंवैधानिक हो त्यसैले हामीलाई ओलीभन्दा प्रचण्डहररू नै सहज हुन्छ भन्ने धेरैको मत छ । भोलि हामी निर्णायक ढंगले अघि बढ्दा एउटा विषय होला तर, प्रतिगामी कदम भनेर निर्णय गर्ने पार्टीले ओलीसँग सँगै हिड्ने कुरा सोच्न पनि हुँदैन भन्नेमा धेरैको मत आएको छ ।’ सांसदहररूले आइतवार बस्ने प्रतिनिधि सभाको बैठक अघिसम्म कांग्रेसले पनि आफूलाई प्रष्ट पार्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीबाट ओलीलाई हटाउने नै भए कसरी अविश्वास प्रस्ताव अघि बढाउने भन्ने विषयमा पनि छलफललाई अघि बढाउनुपर्नेमा सांसदहररूले धारणा राखेका थिए । दल बैठकले प्रतिनिधिसभा विघटन अंसंवैधानिक भनेर अदालतले गरेको फैसलाको स्वागत गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । यसमध्ये दुई सांसद निलम्बनमा छन् । नेकपा आधिकारिक रुपमै फुटे कांग्रेस दुवै पक्षका लागि निर्णायक हुने देखिन्छ । यसैले दुवै पक्षले सभापति देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष