NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

रवीन्द्र अधिकारीबारे पुस्तक सार्वजनिक

काठमाडौं । ०७४ निर्वाचनमा कास्की २ बाट विजयी सांसद एवम् तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको जीवनी वृत्तान्त सार्वजनिक गरिएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा पुस्तकको सार्वजानिक गरेका हुन् । उक्त स्मृतिग्रन्थमा अधिकारीका बहुआयामिक योगदानका विषयमा १२२ लेखकका लेख समेटिएका छन् । ०७५ फागुन १५ गते ताप्लेजुङको घोप्टेभिरमा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो । प्रतिष्ठानका सल्लाहकार प्राडा हेमनाथ पौडेलले अधिकारीको दोस्रो स्मृति दिवसका सन्दर्भमा पारेर सार्वजनिक गरिएका पुस्तकमा अधिकारीले जीवनकालमा गरेका गतिविधि र उनका योगदानका विषय समावेश गरिएको जानकारी दिए । उनका अनुसार पुस्तकका शुरुआती खण्डमा अधिकारीको जीवन वृत्तान्त र अर्का भागमा ३१ राजनीतिज्ञका संस्मरणात्मक लेख समावेश गरिएको छ । अधिकारीले प्राज्ञिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको विषयमा ७६ लेखकका लेख पनि उक्त पुस्तकमा राखिएको छ । अन्य २१ लेखकले पारिवारिक संस्मरण लेखेका छन् भने अधिकारीले राजनीतिक जीवनमा दिएका अन्तरवार्ता तथा मन्तव्यलाई पनि पुस्तमा समावेश छ ।

ताजा अपडेट

नेपालवाच विशेष