NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकासको पढाइ हुँदै, २० प्रतिशत पूर्ण छात्रवृत्ति दिइने

काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन यही शैक्षिकसत्रदेखि उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चारवर्षे स्नातक तहको अध्ययन सुरु गर्ने भएको छ । सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा सफल भई चारवर्षे स्नातक कोर्ष अध्ययन गर्ने पाउनेछन् । यसमा जम्मा आठ सेमेष्टर प्रणालीबाट उद्यमशीलतका विभिन्न पक्षको सैद्धान्तिक र व्यहारिक कोर्षको अध्ययन हुनेछ । सो कोर्षका लागि वार्षिक रु तीन लाख १४ हजार २०० शुल्क लाग्ने छ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट निर्धारण गरिएको छ । विश्वविद्यालयको नियमानुसार २० प्रतिशत पूर्ण छात्रवृत्तिसमेत दिइनेछ । उक्त पढाइका लागि आउँदो चैत २ गतेसम्म फर्म भर्ने अन्तिम समय दिइएको छ । सो कार्यक्रमको आज पोखरामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट अदि रिसव जैनले शुभारम्भ गरे । उपकुलपति डा अर्यालले उद्यमशीलता विषयको पढाइका लागि लामो समयदेखिको योजनाले मूर्तरुप लिएको जनाउँदै अब व्यवहारिकरुपमा यसलाई सफल बनाउनुपर्ने बताए । उनले बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन हुने अवस्थाले सृजना भइरहेकाले अध्ययनपश्चात युवाशक्ति विदेश पलायन नभइ स्वदेशमै उद्यमशीलतामा अग्रसर हुने विश्वास व्यक्त गरे । उनले देशमै स्व–व्यवसाय गरेर परम्परागत सीपलाई जर्गेना साथै अन्तरराष्ट्रिय ज्ञानको सदुपयोग गरेर देश समृद्ध बनाउने कार्यमा अग्रसर हुनसमेत सबैलाई आग्रह गरे । स्वर्णिम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट जैनले पोखरा विश्वविद्यालयले पहिलोपल्ट उद्यमशीलता पढाइलाई सञ्चालनमा ल्याएकामा बधाई दिँदै आफूहरु सहकार्य र समन्वय गर्न तयार रहेको बताए । जैनले देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्र सम्भव हुने भएकालृ यसको अध्ययन महत्वपूर्ण रहेको बताए । उनले आफ्नो विश्वविद्यालय भारतको पहिलो उद्यमशीलता पढाइ हुने विश्वविद्यालय भएकाले यसमा अध्ययरत विद्यार्थीको अनुभव आदानप्रदानले धेरै कुरा सिक्न सकिने धारणा राखे । शिक्षाको माध्यमबाट दुवै देशको सम्बन्धलाई अझ बलियो बनाउन सकिने पनि उनको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष