आजदेखि खुल्यो ज्योती लाइफको आइपियो, कतिले पाउलान् ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आजदेखि खुलेको छ । ज्योतिको प्राथमिक सेयर (आइपिओ) आजदेखि २६ फागुनसम्म भर्न सकिनेछ । आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजारले १० कित्ताका दरले सेयर पाउनेछन् । पछिल्लो समय आइपिओ भर्नेहरुको संख्या नै १५ लाख नाघ्ने गरेको छ । यति संख्याले भर्दा ९ लाख बढीको हात खाली हुनेछ । ज्योतिले ६६ करोड बराबरको एक सयका दरले ६६ लाख कित्ता सेयर जारी गरेको हो । जसमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणहरुले ५९ लाख ४० हजार कित्ता सेयर पाउनेछन् । आवेदन दिंदा न्यूनतम १० कित्ता र र बढीमा ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । फर्म भर्न चाहनले मेरो सेयर प्रणाली र आफ्नो खाता भएको बैंकबाट सेयरमा आवेदन दिन सक्नेछन् । पछिल्ला वर्ष आइपिओमा सर्वसाधारणहरुको आकर्षण बढ्दो रहेको छ । यस अघि इन्फ्राको सेयर जारी हुँदै भर्नेजति सबैले १० देखि ६० कित्तासम्म पाएका थिए ।
ताजा अपडेट
-
क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो
-
अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
प्रतिक्रिया