NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

चितवनमा आगलागीबाट ४५ लाख बराबरको क्षति

चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा शुक्रबार राती आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष