प्रधानमन्त्री ओलीले भाेली कोरोना खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप भोली आइतबार लगाउने भएका छन् । सरकारले पहिलो चरणको खोप लगाइसकेपछि दोस्रो चरणको खोप अभियान सुरु गर्नुअघि प्रधानमन्त्रीले कोरोना खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु हुनेछ । ओलीले आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना खोप लगाउन लागेका हुन् । ओलीसँगै संविधानिक निकायका अन्य पदाधिकारीहरुले पनि खोप लगाउन लागेको मन्त्रालयले जनाएकाे छ । भोलीबाटै नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । देशभर ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइदै छ ।
ताजा अपडेट
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
प्रतिक्रिया