NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

विप्लव मैले कोरेकै गोरेटोमा आइपुगे: प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको बताएका छन् । शनिबार नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजनक तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकाले आफू खुसी भएको र अब उनलाई पार्टीमा स्वागत गर्ने चाहना भएको बताएका हुन् । प्रचण्डले कार्यक्रममा बोल्दै भने, ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’ उक्त कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केही नेताहरुले समेत प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष