जलवायु परिवर्तनको विरुद्धमा लड्न भारतीय प्रधानमन्त्री माेदी आह्वान

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताएका हुन् । ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए । “भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए । उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए । उनले भने, ‘कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ ।’
ताजा अपडेट
-
क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो
-
अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
प्रतिक्रिया