NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

प्रधानमन्त्री ओलीले बटन दबाएसँगै भने- आज नयाँ फड्को मारेका छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा पठाइएसँगै देशले नयाँ फड्को मारेको बताएका छन् । प्रधानमन्त्री ओलीले बट्न थिचेर मेलम्चीको पानी बागमतीमा छाड्ने प्रक्रियाको सुरुवात गरेका थिए । कार्यक्रममा उनले सम्बोधन गर्दै भने, ‘आज हामीले नयाँ फड्को मारेका छौं । लामो समयदेखिको सपना आज पुरा भएको छ । मेलम्चीको पानी आज हामीले बागमतीमा खसालेका छौं । यो प्रदेश १ तिर जाने पानी ३ हुँदै २ तिर जाने भएको छ ।’ ओलीले उक्त कार्यक्रममा प्रतिनिधिसभा पुर्नस्थापनापछि प्रचण्ड–माधव समूहले मनाएको खुसीयालीलाई पनि व्यंग्य गरेका छन् । उनले प्रचण्ड–नेपालले प्रतिनिधिसभा पुर्नस्थापना भएको दिन लड्डु खाएको विषयलाई खिचिटिउरी गर्दै भने, ‘जतिबेला चाह्यो त्यत्ति बेला लड्डु खाने होइन्, लड्डु यस्तो बेलामा खानुपर्छ । आजको दिन नेपालको अत्यन्तै खुसीको दीन हो ।’

ताजा अपडेट

नेपालवाच विशेष