NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

प्रधानमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता होला ? प्रचण्ड -नेपाल समूह अझै अन्याेलमा

काठमाडौ । विघटित प्रतिनिधि सभा पुर्नस्थापनापछि भोली पहिलो पटक बस्दैछ । सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने गरि संसद बैठक बोलाएकी छिन् । संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड समूह, कांग्रेस, जसपा लगायतका दलहरु आन्दोलिन भएका थिए । आज (शनिबार) भन्दा १२ दिनअघि सर्वोच्च अदालतले राष्टपतिले विघटन गरेको संसदलाई पुर्नस्थापना गर्न परमादेश दिएपछि नेकपाको प्रचण्ड समूहले प्रधानमन्त्री ओलीले राजिनामा नदिए अविस्वासको प्रस्तावमार्फत हटाउने बताउँदै आएका थिए । कांग्रेस र जसपाका नेताहरुले पनि प्रधानमन्त्री ओलीलाई अविस्वासको प्रस्तावबाट हटाउनु पर्नेमा जोड दिदै आएका छन् । तर संसद बैठक बस्न करिब १८ घण्टा बाँकी रहँदासम्म भोलीको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविस्वास प्रस्ताव पेश गर्ने विषयमा प्रचण्ड–माधवकुमार नेपाल समूह अझै अन्योलमा छ । संविधानले प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव लैजाँदा नयाँ प्रधानमन्त्रीको उमेद्वारको नाम पनि सँगै लैजानुपर्ने व्यवस्था छ । यदि एक पटक अविस्वासको प्रस्ताव लगेर त्यो संसदबाट फेल भएमा अर्को एक बर्षसम्म त्यो प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव लैजान नसक्ने व्यवस्था संविधानमा छ । त्यही कारण पनि कांग्रेस र जसपाको स्पष्ट जवाफ नआउँदा नेकपाको प्रचण्ड नेपाल समूहले अझै पनि भोलीको बैठकमा अविस्वासको प्रस्ताव दर्ता गर्ने की नगर्ने अन्यौलमा छ । नेकपाको असन्तुष्ट समूहकी नेतृ पम्फा भुषालले भोली नै प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने सम्भावना कम रहेको बताइन् । यसवीचमा एक जना वहाल सांसद र अन्य पूर्व सांसदहरुको निधन भएकाले भोलिको पहिलो वैठकमा उनीहरुको शोक प्रस्ताव पारित गर्नुपर्ने भुषालले बताइन् । त्यसपछि वैठक कसरी जान्छ भन्नेबारे स्पष्ट नभएको बताइन् । उनले नेताहरुले अहिलेसम्म अविस्वासको प्रस्ताव दर्ता गर्नेबारे जानकारी नगराएको र गृहकार्य समेत नभएको बताएकी हुन् । हच्किदै प्रचण्ड नेपाल समूह नेपाली कांग्रेसले साथ नदिएको, आफ्नो पक्षमा बहुमत रहेको स्पष्ट नभएको, अविस्वास प्रस्ताव पेश गर्दा अर्को प्रधानमन्त्रीको नाम खुलाउनु पर्नेमा त्यो अन्योलमै रहेकोले प्रचण्ड समूह अविस्वास प्रस्ताव पेश गर्ने सवालमा बिलखबन्दमा परेको छ । पार्टी विभाजन हुन नसकेको र संसदीय दलमा समेत अल्पमतमा परेको प्रचण्ड नेपाल समूहले अझैसम्म केपी ओली विरुद्ध संसदमा बहुमत जुटाउन सकेको छैन । तर प्रचण्ड नेपाल समूहलाई जसरी पनि केपी शर्मा ओली विरुद्ध अविस्वासको प्रस्ताव लैजानुपर्ने बाध्यात्मक स्थिती छ । भोलको वैठकमा अविस्वासको प्रस्ताव नलैजँदा नेकपाको आन्तरिक किचलोमा प्रचण्ड नेपाल समूह थप कमजोर बनेको राजनीतिक सन्देश जानेछ । कमजोर बनेको राजनीतिक सन्देश जोगाउन बहुमत नजुटाई अविस्वासको प्रस्ताव दर्ता भएमा र त्यस्तो प्रस्ताव असफल भएमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध थप एक बर्षसम्म अविस्वासको प्रस्ताव लैजान पाइदैन । जानकारका अनुसार प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री ओली बिरुद्ध अविस्वास प्रस्ताव पेश गरे पनि, नगरे पनि सत्तारुढ पक्ष भने प्रतिनिधि सभाको बैठक भोलिबाटै केही समयका लागि स्थगन गर्ने तयारीमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष