आजका पत्रपत्रिकामा के छ विशेष?

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले आइतबारको अंकमा पुनःस्थापित प्रतिनिधिसभा बैठक र मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको खबरलाई प्राथमिकता दिएका छन्। ‘पुनर्जीवनपछि प्रतिनिधिसभा आज’ शीर्षकमा मुख्य समाचार छापेको नयाँ पत्रिकाले भनेको छ, ‘संसद् पुनस्र्थापनापछि पनि नैतिकताका आधारमा राजीनामा नदिएका ओली आफैँले विघटन गरेको संसद्बाट विरोधीसँग टकराव गर्ने मनस्थितिमा छन् । यद्यपि, शनिबार साँझसम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने विषयमा ठोस प्रगति भएको छैन ।’ ५ पुसमा संसद् विघटन गरेपछि सातौँ अधिवेशन बस्न सकेको थिएन । तर, सर्वोच्च अदालतले ११ फागुनमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले २३ फागुन ९आइतबार०का लागि बैठक आह्वान गरेकी थिइन् । ‘राजनीतिक भुमरीबीच प्रतिनिधिसभा’ शीर्षकमा मुख्य समाचार छापेको कान्तिपुरले ‘निर्वाचन आयोगले नेकपाको विवाद निरुपण नगरेसम्म राजनीतिक निकास निस्कने सम्भावना कम’ रहेको उल्लेख गरेको छ। अन्नपूर्ण पोस्टले ‘सत्ता खेलमा अल्झिँदै संसद’ शीर्षकमा मुख्य समाचार छापेको छ। नागरिक दैनिकले ‘साकार बन्दै मेलम्ची सपना’ शीर्षकमा मुख्य समाचार छापेको छ। जसमा भनिएको छ, ‘मेलम्चीबाट दैनिक १७ करोड पानी लगेर काकाकुल उपत्यकावासीको प्यास मेट्न दुई दशकअघि थालिएको आयोजना सरकारी लक्ष्य अनुसार १३ वर्षअघि नै सम्पन्न भइसक्नुपथ्र्यो। तर मेलम्ची पूरा हुन थप नौ वर्ष लाग्यो।’ गोरखापत्रले पनि मेलम्चीके पानी सुन्दरीजलमा शीर्षकमा समाचार छापेको छ।
प्रतिक्रिया