NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

ज्येष्ठ नागरिकलाई आजदेखि खोप, प्रधानमन्त्री ओली पनि लगाउँदै

आइतबारदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ। ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो। यसअघि स्वास्थ्यकर्मी र सञ्चारकर्मीले खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले यो उमेर समूहमा पर्ने सबैलाई खोप लगाउन आह्वान गरेका छन्। यसैबीच, आइतबार नै प्रधानमन्त्री केपी ओली पनि खोप लाउँदैछन्। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने भएका हुन्। आइतबार नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आउँदैछ। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताए।

ताजा अपडेट

नेपालवाच विशेष