प्रधानमन्त्रीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । आइतवार विहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप लगाउन प्रधानमन्त्री श्रीमति राधिका शाक्यसहित अस्पताल पुगेका थिए । श्रीमति शाक्यले पनि खोप लगाएकी छिन् । प्रधानमन्त्रीबाटै कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियानको सुरुवात गरिएको छ ।
प्रतिक्रिया