NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

नक्कली नागरिकताका आधारमा काठमाडौंमा जग्गा बेच्ने गिरोह समातियो

काठमाडौं । नक्कली नागरिकता बनाएर धनीलाई थाहा नै नदिई जग्गा बिक्रि गर्ने संगठित गिरोह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नौ जनाको समूहलाई पक्राउ गरेको हो । गिरोहमा मालपोतका कर्मचारी समेत छन् । पक्राउ पर्नेहरुमा विजय कुमार खड्का, ताल प्रसाद भट्ट, पुन्य प्रसाद दाहाल यन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजय प्रकाश सुनुवार कृष्ष्ण बहादु दर्लामी र कृष्णबहादुर कटुवाल छन् । उनीहरुले बेल्जियम बस्दै आएकी मिना खड्काको थानकोटको २० आना जग्गा बिक्रि गरेका थिए । सो जग्गा कुमार दाहाल खत्रीलाई समेत बैना गरेका थिए । होटलमा गएर मालपोतका कर्मचारीले जग्गाको डोर पास गरिदिएका थिए । खड्काको नाममा नक्कली नागरिकता बनाई नक्कली जग्गाधनी खडा गरेर जग्गा पास भएको थियो ।  सो गिरोहलाई साथ दिने मालपोत कार्यालय कलंकीका तीन कर्मचारीहरु दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंगेनीलाई प्रहरीले गत महिना पक्राउ गरेकोमा उनीहरु धरौटीमा छुटेका छन् । सोही मुद्दामा अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । पक्राउ परेकामध्ये केही यस्तै अपराधमा विगतमा जेल बसेर छुटेका व्यक्ति समेत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष