प्रचण्ड – नेपालसँग परामर्शमा सभामुख सापकोटा

काठमाडौँ । संसद बैठक हुनुअघि सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका असन्तुष्ट समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुलाई भेटेका छन् । दिउँसो ४ बजे बस्ने संसद बैठकको तयारीका लागि सभामुख सापकोटाले नेताहरुसँग भेटेर परामर्श लिएका हुन् । छलफलमा अध्यक्षद्वयसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरू सहभागी थिए। यस्तै सभामुख सापकोटाले अन्य दलका नेताहरूसँग पनि परामर्श गर्दैछन् । पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेको थियो । तर, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम उल्ट्याइदिएपछि पहिलो पटक आज संसद बैठक बस्दैछ । प्रधानमन्त्रीको कदम उल्टिएसँगै आजबाट बस्न लागेको प्रतिनिधि सभा बैठकमा सभामुखको महत्वपूर्ण भूमिका रहन्छ। नेकपाको विवादका कारण प्रचण्ड–माधव पक्षले संसदीय दलको नेतामा प्रचण्डलाई दावी गरेको छ । अर्को समूहले ओली नै संसदीय दलको नेता भएको दाबी गरिरहेका छन्। यस्तैओली समूहले नेकपा संसदीय दलको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई अघि सारेको छ। आजको बैठकमा सभामुख सापकोटाले कसलाई दलको नेता र सचेतकको रुपमा बोल्न दिन्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।
ताजा अपडेट
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
प्रतिक्रिया