NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

संसदमा ओली र प्रचण्ड पक्ष सांसद सँगै बस्नुपर्ने

काठमाडौँ । व्यवस्थापिकाको आज बस्ने बैठकमा प्रचण्ड–नेपाल पक्षधर सांसदहरु सत्तारुढ दलको हैसियतमा संसदमा बस्नुपर्ने भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरेर नेकपाको आन्तरिक विवाद नटुंगीदासम्म नेकपा सांसदहरु एकै ठाउँमा रहने जानकारी गराएका हुन् । उनले प्रचण्ड र ओली पक्षका सांसदहरुका लागि फरक कुर्सीको व्यवस्था नगरेको जनाएको छ । ४ बजे शुरु हुने संसद बैठकमा नेकपाका सांसदहरु प्रचण्ड, सुवास नेम्वाङ, माधवकुमार नेपाल लगायतका फरक फरक गुटका सांसदहरु एक अर्कासँगै बस्नुपर्ने भएको हो । यस्तै प्रवक्ता पाण्डेले प्रमुख सचेतकको रुपमा देव गुरुङ र विशाल भट्टराई दुवैलाई मान्यता दिएको बताए । ‘देव गुरुङले पनि प्रमुख सचेतकको रुपमा सेवा सुविधा पाइरहनु भएको छ, विशाल भट्टराईले पनि संसदीय दलको नेताबाट नियुक्ति लिएर आएपछि सेवा सुविधा पाइरहनु भएको छ, प्रवक्ता शर्माले भने, उहाँहरुमध्ये कसलाई प्रमुख सचेतक बनाउने भन्ने विषय नेकपाको आन्तरिक विषय हो ।’ प्रवक्ता पाण्डेले प्रमुख सचेतकको आधिकारीकता संसद सचिवालयले टुंग्याउन नसक्ने बताए । उनले संसदमा विगतमा रोकिएका ३८ वटा विद्येयक रहेको जनाएका छन् । ती विद्येयकहरु संसदसँगै अघि बढ्ने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष