NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एसिड छ्याप्दै हिँड्न हुने, अध्यादेश ल्याएर रोक्न नहुने ? – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरूले संवैधानिक रुपमा अध्यादेश ल्याउन नमिल्ने बताए पनि राम्रो कामका लागि अध्यादेश ल्याउन पाइने बताएका छन् । आज १११ औं अन्तराष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमणलाई रोक्नका लागि कडा कानुनको आवश्यक परेको हुँदा अध्यादेश ल्याउनुपरेको बताए । एसिड पीडित मुस्कान खातुन र अन्य पीडितको समस्या सुनेपछि आफू कडा कानुन ल्याउनुपर्ने निष्कर्षमा पुगेको ओलीले बताएका छतन् । ‘ उहाँहरुको समस्या सुनिसकेपछि कडा कनुनको आवश्यक छ भनेर १५ दिनभित्र कानुन निर्माण गरेर ल्याउन निर्देशन दिएँ,’ अ‍ोलीले भने, ‘यसमा विलम्ब गरेर संसद कहिले बस्छ भनेर पर्खेर बस्ने होइन । केही मानिस अध्यादेश ल्याउनु हुँदैैन । संवैधानिक बाटो होइन भन्छन् । एसिड छ्यापिरहन हुने, रोक्न चाहीं नहुने ?’ आवश्यक कामका लागि चाहिने काममा अध्यादेश संवैधानिक बाटोबाट ल्याउन पाइने प्रधानमन्त्री ओलीको तर्क थियो । सोही कार्यक्रममा एसिड पीडित मुस्कान खातुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंशापत्र पनि प्रदान गरेकी थिइन् । खातुन आज साँझ अमेरिकी सरकारबाट साहसी महिलाको सम्मानबाट विभूषित हुँदैछिन् ।