NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

अदालतमा बयानका लागि म्याद बुझ्न विजय गच्छदारको बेवास्ता : सहजै नआए पक्राउ गरिने

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको मुद्दामा प्रमुख आरोपित नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार एक वर्ष बितिसक्दासमेत अदालतमा उपस्थित भएका छैनन् । बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेको अभियोगमा आयोगले २२ माघ ०७६ मा गच्छदारसहित एक सय ७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालीन भौतिक मन्त्री हुँदा सरकारी जग्गालाई व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै आयोगले प्रमुख अभियुक्तका रुपमा उनीविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा वयानका लागि हाजिर गराउन विशेष अदालतले गत वर्ष २० फागुनमा गच्छदारको स्थायी ठेगाना रहेको सुनसरीको सुनसरी जिल्ला अदालतलाई भनेको थियो । तर, एक वर्ष कटिसक्दा पनि न उनलाई म्याद तामेल हुन सकेको छ, न उनी आफैंले म्याद बुझेका छन् । बयानका लागि अदालत आउन आनाकानी गरिरहे पक्राउ गर्नेसम्मको तयारी अदालतले गरेको छ ।अदालतमा मुद्दा दायर भएर वयानका लागि बोलाउन म्याद तामेल गर्नेबारे चार वटा विकल्प कानुनले दिएको छ । जसमा सम्बन्धित प्रतिवादीले नै म्याद बुझ्ने, प्रतिवादीले नबुझे परिवारका सदस्यले बुझ्ने, त्यो पनि सम्भव नभए घर ठेगानामा म्याद टाँस गर्ने कानुनी प्रक्रिया छ । कुनै विकल्पबाट पनि म्याद तामेल हुन नसके वेपत्ते सूचना जारी गरेर पक्राउ गर्ने कानुनी प्रावधान छ ।सोही कानुनी प्रक्रियाबाटै गच्छदारलाई म्याद तामेल गरिने सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । गच्छदारकै कारण मुद्दा लम्बिँदै अहिले गच्छदारकै कारण बालुवाटार जग्गा हिनामिना मुद्दा लम्बिने जोखिम बढेको विशेष अदालत स्रोत बताउँछ । गच्छदारसँगै सोही प्रकरणका अर्की प्रतिवादी माधवी सुवेदीलाई पनि म्याद तामेल हुन नसकेको अदालतले जानकारी दिएको छ । गच्छदार र सुवेदीबाहेक अन्य विरुद्ध म्याद तामेल भएर वयान जारी छ । अहिलेसम्म मुद्दाका एक सय ३५ जना प्रतिवादी अदालत हाजिर भइसकेका विशेष अदालत बताउँछ । यो पनि पढ्नुहोस : अदालत छल्दै विजय गच्छदार : बालुवाटार जग्गा हिनामिना मुद्दामा एक वर्षदेखि म्यादै तामेल हुन सकेन कांग्रेस उप–सभापति गच्छदारको सबै सम्पत्ति रोक्का मन्त्रीमा कीर्तिमान बनाएका गच्छदारको सबै सम्पत्ति रोक्का भएपछि … बस्न्यात थुनामा जाँदा गच्छदार झस्किए