NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

गोपीको ‘काँचो कागज’ बजारमा

नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ फागुन २४ देखि बजारमा आएको छ । ‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास प्रेम, आशक्ति र अध्यात्मको बिषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् । यसअघि गोपीका नाटकका चार, कविताका तीन र बालकथाको एक गरी जम्मा आठ पुस्तक प्रकाशित भइसकेका छन् । बिगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नवीनता पाइन्छ । नेपाली नाटकमा प्रयोगधर्मी नाटककारको रुपमा परिचित गोपीले उपन्यासमा के कस्तो प्रयोग गरेका छन् त्यो चाहिँ हेर्नै बाँकी छ । ४३२ पृष्ठ रहेको उपन्यासको मूल्य ५९५ रुपैयाँ रहेको छ ।