NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

एमालेमा फर्किएपछि पनि माधव नेपाल समूहको केन्द्रीय सदस्यको छुट्टै भेला

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याएपछि पुरानै दलका फर्किएका माधव नेपाल समूहले आफू पक्षीय केन्द्रीय सदस्यको भेला बोलाएका छन् । एमालेमा फर्किएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेपाल पक्षले भेला बोलाएको हो । भेला चार बजेपछि सुरु हुनेछ । काठमाडौंका एक होटलमा नेपाल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुलाई बोलाएको हो । संसद भवनबाट बाहिरिंदै नेता नेपालले सरकारका विषयमा एमालेभित्र आफूसँग कुनै नेताले संवाद नगरेको बताएका थिए ।