NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

एमाले बलियो बनाउनमा जुट्नेछौं : रघुजी पन्त

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले अब एमालेलाई बलियो बनाउन नै सबैको ध्येय हुनुपर्ने बताएका छन् । बुधबार (आज) नयाँ वानेश्वरको एक क्याफेमा आयोजित नेपाल पक्षधर नेताहरुको केन्द्रीय कमिटीको बैठकमा नेता पन्तले २३ गते सर्वोच्चले गरेको फैसलाले एमाले पार्टी ब्युतिएकाले अब एमालेलाई कसरी सुदृढ र बलियो बनाउने भन्नेमा नेपाल पक्ष लागि परेको बताएका हुन् । एमालेमा केपी शर्मा ओली नै सिंगल अध्यक्ष रहेकाले उनले सबै नेता र कार्यकर्तालाई एकतावद्ध बनाएर लैजानुपर्ने विषयमा बैठकमा छलफल भएको उल्लेख गरे । ‘सर्वोच्च अदालतको फैसलाले हामीलाई एमाले र पुष्पकमल दाहाल (प्रचण्ड)हरुलाई माओवादी केन्द्र बनाइदिएको छ, यस्तो परिस्थितिमा पार्टीलाई कसरी बलियो बनाएर लान सकिन्छ भन्ने विषयमा आजको हाम्रो बैठकको निष्कर्ष छ,’ बैठकबाट बाहिरिँदै गर्दा नेता पन्तले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । अबको एमालेमा अध्यक्षको जिम्मेवारी ओलीमा रहेकाले उनले पार्टी एकाताको भावना सबै नेता कार्यकर्तामा पुर्याउने, संयमित र जुझारु ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टी एकतालाई केन्द्रमा राख्नुपर्ने बताए । आजको बैठक मुलतः सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देखिएको नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्दे अब पनि नेपालमा वामपन्थीहरुकै सरकारले निरन्तरता पाउनुपर्नेमा जोड दिए । उनले अहिलेको एमाले देशकै सबैभन्दा ठूलो पार्टी एमाले भएकाले देशका विभिन्न तहमा रहेका सबै कम्युनिस्टहरुलाई एकता गरिनु एमालेको जिम्मेवारी भएको स्पष्ट पारे । आगामी दिनमा एमालेलाई बलियो बनाउन जुट्दै जनता र देशको मागलाई केन्द्रमा राखेर अघि बढिने बताए ।