NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

नेफ्टा अवार्डमा निरुता र विपनाको ‘इन्ट्री’

काठमाडौं । दसौं नेफ्टा फिल्म अवार्ड कार्याक्रममा नेपाली चलचित्र जगतका स्थापित अभिनेत्री निरुता सिंह र बिपना थापाको सहभागिता रहने भएको छ । उक्त अवार्डमा सहभागीताका लागि सिंह नेपाल आइसकेकी छिन् । अवार्डमा निरुताकै समकालीन नायिका थापा पनि सहभागी हुँनका लागि नेपाल आउने भएकी छिन् । अवार्डमा नायक राजेश हमाल पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ । अवार्डमा चलचित्र क्षेत्रका स्थापित तथा नवोदित कलाकारहरुको विभिन्न प्रस्तुति रहने बताइएको छ । कोभिड १९ का कारण खस्किँदो नेपाली चलचित्र बजारलाई यो अवार्डले जीवन्तता दिन भरपुर सहयोग पुर्याउने आयोजकको भनाइ छ ।