NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

आज पहाडी क्षेत्रमा पानी पर्ने, यस्तो छ आगामी तीन दिनको मौसम

नेपालमा स्थानीय र पश्चिमी वायुका कारण पछिल्ला दिनहरूमा पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। बिहीबार पनि देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। शुक्रबार देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना छ। महाशाखाका अनुसार शुक्रबार राति देशभरी आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। शनिबार दिउँसो पनि पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना छ। शनिबार रा िगण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।