NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

४० वर्ष अघि बेपत्ता नेपाली ‘नाटकीय रुपमा’ भारतमा भेटिए

४० वर्ष अघि बेपत्ता भएका एक नेपाली व्यक्ति भारतमा नाटकीय ढंगबाट फेला परेका छन्। सन् १९७९ फ्रेबअरीमा नेपालको इलामका युवक दीपक जोशी तिमसिना घरबाट निस्किएपछि बेपत्ता भएकामा उनी भारतमा फेला परेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। बिबिसी हिन्दीका कोलकाता संवाददाता अमिताभ भट्टासालीले लेखेको समाचार अनुसार जोशीका परिवारका सदस्यले उनलाई पछिल्लो महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा भेटेका हुन्। उनका एक भाइ प्रकाश चन्द्र तिमसिना कोलकाता पुगेका थिए, जोशीलाई भेट्न। प्रकाशले भनेका छन्, ‘नेपालको हरेक क्षेत्रमा खोज्यौ तर केही पत्ता नलागेपछि हामीले सोचेका थियौं, दाइको निधन भइसक्यो।’ ४० वर्ष अघि दार्जिलिङमा गोरखाल्याण्ड आन्दोलन चलिरहेका बेला सोही आन्दोलनमा ज्यान गएको अनुमान परिवारजनले गरेका थिए। तर, दीपक लगभग ४० वर्ष पश्चिम बंगालका विभिन्न जेलमा विचाराधीन कैदीका रुपमा रहेका छन्। उनी यति लामाे समय कैदमा रहे तर बिना सुनुवाइ। पछिल्लो वर्ष नन्दीग्रामबाट राधेश्याम दास स्थानान्तरण भएर दमदम केन्द्रीय कारागार पुगे। उनी माओवादी संगठनसँग जोडिएको आरोपमा १० वर्ष अघि पक्राउ परेका थिए। राधेश्यामले भनेका छ्न, ‘अघिल्लो वर्ष फेब्रअरीमा जब मलाई दमदम लगियो, तब पहिलेबाटै नै परिचित दीपकजीसँग फेरि भेट भयो। पछि थाहा भयो कि जोशी ४० वर्षदेखि जेलमा छन् तर उनीविरुद्धको मुद्दामा सुनुवाइ भएको छैन।’ दास जमानतमा छुटेपछि पश्चिम बंगाल एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे। रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासले भने, ‘राधेश्याम दासबाट जब सुने कि एक व्यक्ति बिना सुनुवाई ४० वर्षदेखि जेलमा छन्। म अचम्मित भए। जेल कार्यालयसँग सम्पर्क गरे। थाहा भयो दीपक जोशी तिमसिना नामका एक कैदी सन् १९८१ बाट जेलमा बन्द छन्।’ अम्बरीश नाग विश्वास र उनका क्लबका केही व्यक्तिले दीपक जोशीसँग भेटने अनुमति मागे। तर, परिवारका सदस्य नहुँदा हीरक सिन्हाले मात्र भेटन पाए। किन कि उनी कोलकता उच्च अदालतका वकिल हुन्। जोशीबाट जुटाइएका कागजातबाट थाहा भयो कि उनलाई १९८१ मा दार्जिलिङमा भएको हत्या घटनामा पक्राउ गरिएको थियो। अम्बरीश नाग विश्वासका अनुसार जोशी नेपालबाट दार्जिलिङ पुगेर चिया बगानमा काम गर्दथे। उनलाई जागिरको प्रलोभन दिएर एक व्यक्तिको हत्या गर्न भनियो। र, जोशी सोही अनुसार हत्या गर्छन्। पक्राउ पर्छन् र जेलमा बन्द हुन्छन्। पक्राउ गरेपछि उनलाई अदालमा पेश गरिएन। कहिले बहरमपुर जेल, कहिले अलीपुर जेल, कहिले मनोरोग चिकित्सालय गरेर चार दशक बिताइयो। अदालतले पटकपटक जोशीको मानसिक स्वास्थ्यको जाँचको आदेश दिँदा पनि रिपोर्ट पेश गरिएको छैन। यो घटना थाहा भएपछि रेडियो अपरेटरहरुको संगठनले जोशीको ठेगाना खोजे र कोलकातास्थित नेपाली वाणिज्य दूतावासमा सम्पर्क गरे। जोशी इलाको चुलाचुली गाउँको एक स्कुलमा पढथे। संगठनमा पदाधिकारी इलाम पुगेर उनकाे गाउँ पुग्दा प्रकाश चन्द्र भेटिए। र, पछि प्रकाश आफ्ना दाइलाई भेट्न कोलकाता पुगे। उक्त मुद्दामा बुधबार कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशको इजलाशमा सुनुवाइ भएकामा अर्काे पेसी सोमबार तय भएको छ। अदालतबाट फैसला नहुन्जेल उनी नेपाल फर्कन पाउने छैनन्। दीपक जोशीकी आमासँग भाइ प्रकाश