NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

महाशिवरात्रिमा पशुपतिमा रौनक [फोटो फिचर]

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा(आराधना गरी बिहीबार देशभर मनाइँदैछ। बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ। शिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा बिहीबार बिहानदेखि नै भिड लागेको छ । विभिन्न ठाउँबाट आएका भक्तजनहरु मन्दिर बाहिर तीन लाइनमा बसेर मन्दिरको दर्शक गर्न कुरिरहेका छन् । हेर्नुहोस पशुपतीको दृश्यः