NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

यस्तो छ मंगल ग्रहमा चल्ने हावाको आवाज [अडियो]

मंगल ग्रहमा जीवन खोजिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सीवरेन्स मार्स रोजरले मंगल ग्रहमा चल्ने हावाको आवाज रेकर्ड गरेको छ । नासाले यस सम्बन्धमा जानकारी दिँदै मंगलमा हावाको आवाज रकेर्ड भएको बताएको छ ।माइक्रोफोनले लेजर स्ट्राइक्सको आवाज रेकर्ड गरेको नासाले जानकारी दिएको छ । रोवरमा २३ क्यामेरा र २ माइक्रोफोन जडान गरिएको छ । मंगल ग्रहमा हुने सबै गतिविधि रेकर्ड गरेर रोवरले पठाउने गरेको छ । पर्सीवरेन्स मार्स रोवरले पठाएको आवाज अडियोमा सुन्न सकिन्छ । मंगलमा तिव्र गतिमा हावा चलिरहने गरेको पत्ता लागेको छ । नासाले रेकर्डबारे जानकारी दिँदै पृथ्वीमा आँधी–तुफान आउँदा जस्तो आवास सुनिन्छ, मंगल ग्रहमा चल्ने हावाको आवाज पनि त्यस्तै रहेको जनाएको छ । रोवरले एक अर्को अडियो सन्देश पनि पठाएको छ । उक्त अडियो मंगलमा गरिएको लेजर स्ट्राइक्सको हो । यसलाई पहिलोपटक सुनिएको हो । मुटुको धडकनको जस्तै आवाज रहेको नासाले जनाएको छ । रोवरले पठाएको आवाजका माध्यमबाट रोवर वरिवरी रहेका चट्टानको बनावट कस्तो भन्ने जानकारी हासिल गर्न सकिने नासाले अपेक्षा गरेको छ । नासाका वैज्ञानिकले यी दुई आवाजबाट मंगलमा हुने गतिविधिबारे थप जानकारी प्राप्त गर्न सकिने र अध्ययनका लागि सहज हुने बताएका छन् । नासाको रोवर मंगल ग्रहमा पहिलोपटक परीक्षण अभियान अन्तर्गत ६ मार्चमा सुरु गरिएको थियो । ? You’re listening to the first audio recordings of laser strikes on Mars. These rhythmic tapping sounds heard by the microphone on my SuperCam instrument have different intensities that can help my team figure out the structure of the rocks around me. https://t.co/nfWyOyfhNy— NASA's Perseverance Mars Rover (@NASAPersevere) March 10, 2021