NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

दैलेखमा जीप दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

दैलेखको रामघाटमा यात्रुवाहक जीप दुर्घटना भएको । बिहीबार कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ । कर्णाली राजमार्गको रामाघाट नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुल्लुकका प्रहरी निरीक्षक खिम खड्काले जानकारी दिए । सडकबाट जीप एक सयमिटर जति तल खसेको उनले बताए । प्रहरी घटनास्थल पुगिसकेको छ । घाइतेहरुको उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घटनाको पूरा विवरण आउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।