NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

केन्दीय समितिपछि एमालेमा माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माआवादी ब्युँत्याइदिएपछि पुरानै दलमा फर्किएका माधवकुमार नेपाल समूहले आफू निकट केन्द्रीय सदस्यको बैठकपछि आज फेरि स्थायी कमिटी सदस्यको बैठक डाकेको छ । आफू निकटका केन्द्रीय सदस्यको भेलाले २०७५ जेठ ३ गते अघिको पार्टी संरचना अनुसार अघि बढ्नुपर्ने भन्दै ओलीको एकलौटी शैलीलाई नमान्ने निर्णय गरेको थियो । माओवादीसँग एकीकरण हुनु अघि एमालेमा नेपाल पक्षसँग ११ स्थायी कमिटी सदस्य थिए । जसमा नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल छन् । त्यस्तै, उपमहासचिव घनश्याम भूसाल, तीन सचिवमा गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई र सदस्य सुरेन्द्र पाण्डे छन् । प्रभावशाली नेताहरु आफ्नो साथमा रहेपछि नेपाल पक्षले एमालेलाई एकतावद्ध बनाएर जाने तर, अध्यक्ष ओलीसँग अस्वस्थ सम्झौता नगर्ने भएको छ ।