NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

भारतमा फेरि बढ्न थाल्यो कोराेना संक्रमितको दर

भारतमा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसबाट २२ हजार ८५४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा हालसम्म कोरोना पोजेटिभको संख्या एक करोड १२ लाख ८५ हजार ५६१ पुगेको छ । यही अवधिमा १२६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार १८९ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा जम्मा सक्रिय संक्रमितको संख्या १ लाख ८९ हजार २२६ पुगेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषदका अनुसार भारतमा १० मार्चसम्म कोरोना भाइसका लागि जम्मा २२ करोड ४२ लाख ५८ हजार २९३ स्याम्पल टेस्ट गरिएको छ । जसमा बुधबार मात्रै ७ लाख ७८ हजार ४१४ जनाको टेस्ट गरिएको थियो ।