NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

भारतले क्यानडालाई दियाे पाँच लाख डोज कोरोना भ्याक्सिन

कोरोनासँगको युद्धमा युरोपियन देशमात्रै होइन भारत पनि अग्र स्थानमा छ । भारतले नेपालजस्ता विपन्न मुलुकलाई मात्र नभई सम्पन्नशाली मुलुकलाई पनि कोरोना भ्याक्सिन सहयोग गरेको छ । कोरोना संक्रमणसँग जुध्न भारतले गरेको सहयोगको संयुक्त राष्ट्र संघले तारिफ गर्दै आएको छ । भारतले सहयोग गरेका देशको सूचीमध्ये क्यानडा पनि छ । अब भने पाकिस्तानलाई पनि कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भएको छ । भारतको सीरम इन्टिट्युट अफ इन्डिया कम्पनीद्वारा निर्मित कोभिशिल्ड भ्याक्सिनको पाँच लाख डोज हालै क्यानडा पुगेको छ । क्यानडाले भारतको यो सहयोगप्रति आभार प्रकट गरेको छ ।