हाम्रो लागि सांसद पदभन्दा केपी ओली ठूला हुन् : टोपबहादुर रायमाझी

काठमाडौं । नेता टोपबहादुर रायमाझीले आफूहरुका लागि सांसद पद भन्दा केपी ओली नेतृत्वको एमाले समूह ठूलो भएको बताएका छन् । बिहीबार नेकपा एमाले कास्की जिल्लाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले यस्तो सांसद पद गुमाएर पनि आफूहरु केपी ओलीतिरै बस्ने बताएका हुन् । सांसद पद गुमे पनि केपी शर्मा ओलीको साथ नछोड्ने उनले प्रष्ट्याए । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि भईने भन्दै उनले आफूहरु पछाडि फर्कन नसक्ने बताए । मन्त्री रायमाझी पूर्वमाओवादीकेन्द्रका नेता भएपनि पछिल्लो पटक नेकपामा विभाजन हुँदा –एमाले) ओली कित्तामा उभिएका हुन् । त्यसपछि उनलाई ऊर्जा, जल तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको थियो । गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेकपा दलको आधिकारिकता दिंदै एमाले र माओवादीलाई ब्युँत्याइदिएको थियो । एमाले ब्युँतिएपछि माधवकुमार नेपाल समूह पुरानै पार्टीमा फर्किए । तर, पूर्व माओवादी पक्षका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहसहितका नेताहरु ओलीतिरै बस्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया