NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

वैज्ञानिकले खोजे अर्को सुपर अर्थ, वायुमण्डलमा एलियन्स हुनसक्ने सम्भावना

नासाका वैज्ञानिकले एक नयाँ ‘सुपर अर्थ’ को खोजी गरेका छन् । वैज्ञानिकले यस ग्रहको वायुमण्डलमा एलियनको जीवनको सम्भावना रहेको अपेक्षा गरेका छन् । हालै पत्ता लगाइएको यो ग्रहको सतहको तापमान शुक्र ग्रहभन्दा थोरै कम छ । म्याक्स प्लेन्क सोसाइटीका एस्टोनमर्सले पृथ्वीभन्दा २६ प्रकाश वर्ष टाढा रातो वाम ताराको चक्क लगाइरहेको ग्रहको खोजी गरेका हुन् । गिलसी–४८६बी नामको यस ग्रहको व्यास पृथ्वीभन्दा १.३ गुणा बढी छ । तर, यसको घनत्व भने पृत्वीभन्दा २.८ गुणा बढी छ । यस ग्रहलाई वैज्ञानिकले विशेष तरिकाले खोजी गरेका हुन् । साइन्स जर्नलमा प्रकाशित सोध अनुसार एस्टोनमर्सले यहाँ जीवन रहेको प्रमाण फेला पर्न सक्ने अनुमान गरेका छन् । खोज गर्ने वैज्ञानिकका अनुसार यस ग्रहको फला–सिलिकेटको बनावट पृथ्वीसँग मेल खान्छ । तर, यहाँको तापमान निकै बढी छ । सतहको तापमान ४२८ डिग्री सेल्सियस छ, जहाँ शुक्र ग्रहको तापमान भने ४५० डिग्री सेल्सीयस छ । यति धेरै तापमान भए पनि नयाँ खोजिएको यो ग्रह पूरै लाभाको रुपमा भने छैन । यहाँको सतहमा लाभा बगिरहने गरेको नासाका वैज्ञानिकले बताएका छन् । यहाँको वायुमण्डलको प्रकार र जीवनका लागि आवश्यक तत्व छ वा छैन भन्ने जान्न अझै अध्ययन आवश्यक देखिएको खगोलशास्त्रीले बताएका छन् । तर, यहाँको वायुमण्डल निकै बाक्लो भएकाले जीवन हुनसक्ने सम्भावनालाई पनि नकार्न नसकिने खगोशास्त्री बताउँछन् । स्पेक्ट्रोस्कोपीको सहयोगले यहाँ रहेको केमिकल्स र वायोमेकर्सलाई खोजन सकिन्छ । जसबाट जीवनको सम्भावनाबारे पत्ता लाग्छ । गिलसे–४८६ ले आफ्नो ताराको एक चक्क १.४६७ दिनमा लगाउँछ । यस ग्रहको घनत्व भने पृथ्वीजस्तै छ । यसको द्रव्यमान र व्यास हेर्दा पृथ्वी र ‘सुपर अर्थ’ बीचको दायरामा राखिएको छ । एजेन्सी