NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

चार महिनादेखि बेपत्ता पुजन राईको मोटरसाइकल भेटियो

काठमाडौं । गत कात्तिक २७ देखि बेपत्ता रहेका पुजन राईको मोटरसाइकल र एउटा जुत्ता फेला परेको छ । अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाबाट उत्तर तातोपानी जानेतर्फ राईको २१ प ५७९९ नंबर प्लेटको बुलेट मोटरसाइकल फेला परेको हो । सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिकारीका अनुसार मोटरसाइकल फेला परेको स्थान माथि पहिरोले सडक आधा भन्दा बढी भत्किएको छ । सोही बाटोको तल भोटेकोशी नदीमा पानीमा डुबिरहेको अवस्थामा राईको बाइक र एउटा जुत्ता फेला परेको हो । अधिकारीका अनुसार भोटेकोशीमा माछा मार्न जानेहरूले मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुधबार विहान उनको मोटरसाइकल बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा देखिएपछि विहान अन्दाजी १२ बजे प्रहरीले टोली परिचालन गरेर पुजनको परिवारसहितको सहयोगमा मोटरसाइकल निकालेको थियो । भोजपुर हतुवागढी गाउँपालिका–६ का २५ वर्षिया राई विगत चार महिनादेखि बेपत्ता थिए । उनको खोजीमा यतिबेला केन्द्रिय अनुसन्धान ब्युरो, बाह्रविसे प्रहरी पनि लागिपरिरहेको छ ।राई विगत दश महिनादेखि बाह्रविसे नगरपालिकाअन्तर्गत प्राथामिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक पदमा कार्यरत थिए । याे पनि नगरपालिकाका कर्मचारी चार महिनादेखि बेपत्ता, प्रहरी अनुसन्धान अन्योलमा, परिवारमा अत्यास