NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

ओलीले बैठक नबोलाएकोमा नेपाल पक्ष एमाले स्थायी कमिटी बैठकको आपत्ति

काठमाडौं । एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले आफूहरुलाई बेवास्ता गरेकोप्रति आपत्ति जनाएको छ । आफू निकटका स्थायी कमिटी सदस्यहरुको बैठकले आफूहरु फुटको मानसिकतामा नभए पनि ओलीले बेवास्ता गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् । ‘अदालतबाट दुई दल ब्युँतिएपछि हामी एमालेलाई थप एकतावद्ध बनाउने र पार्टी फुट्न नदिने मनस्थितिमा छाैं तर, संगठनात्मक काम गर्नेगरी बैठक बसेर अगाडि बढ्नुपर्नेमा त्यस्तो देखिएन । बरु उल्टै एमाले र माओवादी फुटाउँदै कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्र हुन थाल्यो’ बैठकपछि नेता भीम रावलले भने, ‘हामीले गुटको भेला गरेका होइनौं । पार्टीलाई एकतावद्ध बनाउने गरी अभियानलाई अघि बढाउँ भनेका हौं । पार्टीलाई थप व्यवस्थित बनाउनका लागि बैठक आवश्यक छ भन्ने हाम्रो माग हो । तर, पार्टी नेतृत्वले बैठक बोलाउन बेवास्ता बरु जिल्लाजिल्लामा अनावश्यक हस्तक्षेप गर्ने नीति लिएको यो मान्य छैन ।’ बुधबार बसेको नेपालपक्षीय केन्द्रीय सदस्यहरुको बैठकले पनि ओलीले पेलेर अगाडि बढ्ने नीति लिए समानान्तर शैलीमा पार्टीका गतिविधिलाई अगाडि बढाउने चेतावनी दिएको थियो । स्थायी कमिटीमा ओलीभन्दा नेपाल पक्ष संख्यात्मक रुपमा हावी हावी छ । बैठकमा नेपाल पक्षका १२ स्थायी कमिटी सदस्य सहभागी थिए ।