ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्युपछि कोहलपुर तनावग्रस्त

ग्यास बोकेको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त बनेको छ । आफन्तको ज्यान गएपछि उत्तेजित भएको भीडले ईलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड गरेका छन् । बिहिबार दिउँसो घटनाको विरोधमा स्थानीयले कोहलपुर चौराहमा चक्काजाम गरेका थिए । ३ घन्टा बढी चक्काजाम गरेर बिरोधमा उत्रिएका मृतकका आफन्तहरूले ईलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।त्यस क्रममा आन्दोलनकारीले ईप्रका कोहलपुरमा ढुङ्गामुढा गरेका हुन् । चक्काजामपछि ईप्रका कोहलपुर घेर्न आएको समूहले ढुङ्गामुढा गरेको हो । प्रहरी कार्यालय तोडफोडमा उत्रिएको उक्त समुहलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो । बुधबार बेलुका ग्यास बोकेको ट्रकले कोहलपुर नगरपालिका ११ विद्घुतचोकमा जयकर्ण मल्ललाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया