NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

भारतबाट निर्यात हुने सात प्रकारका माछामा माइक्रोप्लास्टिक भेटियो

के तपाई माछाको शोखिन हुनुहुन्छ ? यदि दैनिक माछा नभई खाना खानै मन लाग्दैन भने होसियार हुनुहोस् । सस्तो खाने दाउमा विष सेवन गरेको पत्तो नहुन पनि सक्छ । नेपालमा अधिकांश माछा भारतबाटै आयात हुन्छ । तर, भारतमा आउने माछामा यस्तो विषालु पदार्थ पाइएको छ, जसकाे सेवन गर्ने मानिसको ज्यान जाने जोखिम उत्तिकै हुनसक्छ । हालै भारतमा माछाको पेटमा माइक्रोप्लास्किट भेटिएको छ । यसको आकार तोरीको दानाको एक चौथाई सानो हुन्छ । भारतमा सबैभन्दा चर्चित माछाको पेटमा विषालु माइक्रोप्लास्किटक भेटिएको छ । केही जातका माछा त नेपालमा पनि आयात हुँदै आएका छन् । भारतको सेन्टर फर कोस्टल रिसर्च सेन्टरले चेन्नईको मरीना समुद्री तटमा पाइने ८० प्रतिशत माछामा माइक्रोप्लास्टिक पाइएको छ । रिसर्च सेन्टरले अध्ययनका आधारमा इन्डियन म्याकेरेल, ग्रेटर लिजाडएफ्रिश, हम्पहेड स्न्यापर, बाराकुडा, स्पेडनोस शार्क, र गोल्डेन स्न्यापरको पेटमा माइक्रोप्लास्टिक फेला परेको जनाएको छ । उल्लेखित सातै प्रकारका माछा भारतमा निकै रुचाइन्छ । माछाको गिल्स र गट्समा १.९६ मिलिमिटर देखि २.०३ मिलिमिटरसम्म आकारका माइक्रोप्लास्टिक भेटिएका छन् । माइक्रोप्लास्टिक धागो, फिल्म्स र जालका रुमिा माछाको शरीरमा पाइएको छ । सेन्टरका अनुसन्धानकर्ता प्रभाकर मिश्राले ठूलो माछा खानुअघि माइक्रोप्लास्टिक निकाल्न सकिने भए पनि साना माछा पकाउनुअघि माइक्रोप्लास्टिक निकाल्न सम्भव नभएको बताए । यसकाे सेवनले कैयाैं घातक राेगकाे शिकार हुनसक्ने सम्भावना अधिक भएकाले तत्काल माछा सेवनमा विचार गर्न सेन्टरका अनुसन्धानकर्ताले अपील गरेका छन् । एजेन्सी