NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

जसपा–सरकार छलफल ‘सकारात्मक’, कैदीबन्दी रिहाइदेखि संविधान संशोधनसम्मका शर्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालबीच भएको छलफल सकारात्कम रहेको छ । बिहीबार साँझ ५ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जसपाका शीर्ष नेताहसँग सत्तासमीकरणबारे प्रधानमन्त्री ओलीले गरेका छलफल सकारात्मक निष्कर्षतर्फ देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले राजपा नेताहरुलाई सरकारमा सहभागी हुनका लागि बोलाएको छलफलमाा जसपा नेताहरुले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्त रखेका छन् । उक्त शर्तप्रति प्रधानमन्त्री ओली सकारात्मक देखिएका थापाले बताए । प्रधानमन्त्री ओलीले एमाले शीर्ष नेताहरुसहित गरेको छलफलमा जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए । जसपाले सरकारसँग कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका शर्त अघि सारेको बैठकमा सहभागी एमालेका एक नेताले जानकारी दिए । एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको बताइएके छ । जसपाले पनि सरकारसँग वार्तामा लागि कार्यदल बनाउने गृहकार्य गर्ने बताइएको छ । तस्बिर–प्रधानमन्त्रीको सचिवालय