NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

साविक नेकपाका नेताहरुले जनतासामु माफी माग्न जानुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि साविक नेकपाका दुवै पक्षका नेताहरु जनतासमक्ष माफी माग्न जानुपर्ने बताएका छन् । आज बागलुङ बजारमा नेपाल शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् । ‘हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउछौं भनेर मत दिएका हुन्,’ थापाले भने, ‘आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ ।’