NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टाउको दुख्ने समस्या छ ? कुनै रोगको संकेत होला है !

टाउको दुख्ने समस्या यतिबेला आम समस्या बनिसकेको छ । जसकारण चिकित्सकसामु यो समस्या लिएर पुग्नेको संख्या पनि बढ्दो छ ।कुनै जमाना यस्तो पनि थियो, जब सिटी स्क्यान, एमआरआई जस्ता महँगा जाँच तथा त्यसका लागि पर्याप्त उपकरणहरू उपलब्ध थिएनन् । त्यतिबेला पनि टाउको दुखाइको समस्यालाई निको बनाउन डाक्टरहरुलाई ठूलै चुनौती थियो र आज यी जाँचको सुविधा भए पनि यो काम चिकित्सकहरुको लागि उत्तिकै चुनौतीपूर्ण छ । नयाँ उपकरणको विकास भएता पनि टाउको दुखाईको समस्याबाट गुज्रिरहेका बिरामीहरु एकबाट अर्को डाक्टरकोमा भड्किरहेका देखिन्छन् । यद्यपी, टाउको दुखाईलाई बुझ्नका लागि डाक्टरले बिरामीको दुखाईको कथा धैर्यपूर्वक सुन्ने र बिरामीको क्लिनिकल चेकप गर्नु अत्यन्त आवश्यक हुन्छ । सिटी स्क्यानजस्ता जाँचबाट प्रायः केही पनि दिशा भेटिँदैन तर अचानक तेज रुपमा टाउको दुख्दा त्यतिबेला भने केही रोग यी पद्धतीबाट पत्ता पनि लाग्न सक्छ । टाउको दुखाई आफैंमा कुनै बिरामी नहुन पनि सक्छ भने यो कुनै अर्को बिमारीको लक्षण पनि हुन सक्छ । उदाहरणका लागि आँखा कमजोर हुनु पनि टाउको दुखाईको कारण हुन सक्छ । आखाँमै प्रेसर बढ्दा पनि टाउको दुख्छ जसलाई ‘ग्लुकोमा’ पनि भनिन्छ । यो सामान्य डाक्टरद्वारा पनि चेकजाँच गराउन सकिन्छ । त्योबाहेक, मानिसहरु टाउको दुखाईको औषधि सेवन गरिरहन्छन् जसले गर्दा त्यसको प्रेसर आँखामा प्रत्यक्ष पर्न सक्छ । अत्याधिक मात्रामा औषधि सेवनले अन्धोपनको समस्यासमेत निम्त्याउन सक्छ । यदि टाउको निरन्तर दुख्छ भने कोही आँखा विशेषज्ञसँग आँखाको प्रेसर जाँच पनि गर्नु अत्यन्त जरुरी हुन्छ । टाउको दुखाई खोकी या विशेषगरि डेँगु र कडा किसिमको खोकीको एक लक्षण पनि हुन सक्छ । चिसो, सायनोसाइटिसदेखि जस्ता बिमारीका कारण पनि टाउको दुख्न सक्छ । दिमागमा ट्युमर हुँदा, मस्तिष्कबाट अचानक रगत आउँदा पनि टाउको दुख्छ । यी सबै कारणलाई सेकेण्डरी टाउको दुखाइ मानिन्छ । मतलब, टाउको दुखाई कुनै अन्य रोगका कारण भएको हो । यसलाई जान्नका लागि एक सतर्क डाक्टरको आवश्यकता हुन्छ जो जाँच गर्ने भन्दा बढी बिरामीको समस्या सुन्नमा तयार केन्द्रित हुन्छ । जब टाउको दुख्छ, हामी सबभन्दा पहिला डाक्टरलाई हाम्रो ब्लड प्रेसर जाँच गरिदिन भन्छौं । उच्च रक्तचापका कारण टाउको दुख्ने सम्भावना २० देखि २५ प्रतिशत मात्रै हुन्छ । तर रक्तचापकै कारण टाउको दुखेको पक्का मान्नु गलत हो । अब कुरा आउँछ यस्तो टाउको दुखाईको जुन आफैं हुन्छ । यस्ता दुखाई केवल टाउको दुखाई मात्रै हुन्छन् । त्यो स्वयं आफैंमा एक बिमारी हो । यसलाई प्राथमिक टाउको दुखाई भनिन्छ । यो दुखाई भने कुनै अन्य रोगको लक्षण होइन । यसको आफ्नै परिचय छ । माइग्रेन, टेन्सन, ह्याडेक, क्लस्टर ह्याडेक आदि यस्तै प्रकारको टाउको दुखाई हो । पक्कै पनि माइग्रेनको नाम सुन्नेबित्तिकै तपाईंको कान ठाडो हुन सक्छ । नहुनु पनि कसरी ? टाउको दुखाइलाई यदि निको पार्न नसकेको अवस्थामा त्यसलाई बिरामी या डाक्टर आफैंले माइग्रेनको ट्याग भिराइरहेका छन् । जस्तोलाई पनि माइग्रेनको नाम दिँदा कतिपयले माइग्रेन भएको भ्रममा औषधि सेवन गरिरहेका हुन्छन् । कस्तो किसिमको टाउको दुखाइलाई गम्भीर रुपमा लिने भन्नेबारे सतर्क हुनुपर्छ । टाउको दुखेको बेलामा त्यस्ता केही लक्षण हुन्छन् जुन लक्षणले केही गम्भीर रोगतर्फ इशारा गरिरहेको हुन सक्छ । टाउको दुखाईलाई लिएर हामी कतिबेला सतर्र्क हुने ? कस्तो किसिमको टाउको दुखाई खतरनाक साबित हुन सक्छ ? १) यसअघि कहिल्यै पनि नदुखेजसरी टाउको दुखेमा २) पहिलोपटक टाउको दुखिरहेको छ तर एकदमै तेज रुपमा दुखिरहेको छ भने ३) टाउको दुख्नुभन्दा पहिले उल्टि भएर पछि टाउको दुखेमा ४) टाउको दुखेपछि बेहोस हुन लागेजस्तो हुने, शरीरको सन्तुलन बिग्रिएजस्तो लागे, जिब्रो लरबराए, आवाज लरबराए या एउटा वस्तुलाई दुईवटा देखेमा ५) मुन्टो न्यूराउँदा, खोक्दा या केही भारी वस्तु उठाउँदा टाउको दुखाई बढेमा ६) निन्द्रा बिगार्नेगरी टाउको दुखेमा ७) रातभर सुतेर बिहान उठ्दा तेज रुपमा टाउको दुखेमा ८) यदि तपार्इंको उमेर ५५ वर्ष भन्दा माथि छ र यो उमेरमा पुगेपछि पहिलो पटक टाउको दुखेमा ९) टाउको दुखाइसँगै कन्चटतिरको नशा छुँदा दुखेमा १०) हप्ताभर टाउको दुखेमा र दिन बढेसँगै दुखाइ पनि बढेमा उल्लेखित लक्षण देखा परेको छ भने तुरुन्तै चेकजाँच गराउनु जरुरी हुन्छ । किनभने यस्ता लक्षणले कुनै रोगगतर्फ संकेत गरिरहेका हुन्छन् ।एजेन्सीको सहयोगमा