NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

उपत्यकाका तीनै जिल्लामा रात्रिकालीन व्यावसाय र जात्रामा रोक

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताएका छन् । उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् । चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न रात्रिकालीन व्यावसाय सञ्चालन नगर्नसमेत आग्रह गरिएको हो । यसैबीच भारतीय सीमानाकाबाट नेपाल प्रवेशमा पनि सम्बन्धित जिल्ला कार्यालय र स्थानीय सरकारले कडाइ गरेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामध्ये पर्साले मंगलबार जिल्लास्तरीय बैठक राख्दै भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँच गराएर मात्र अगाडि बढ्न दिने व्यवस्था गराएका छन् ।