NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सूचीको रिहाइ माग गर्ने बेलायतस्थित म्यानमारका राजदूत आफ्नै दूतावासबाट निकालिए

बेलायतस्थित म्यानमारका राजदूतलाई आफ्नै दूतावासमा प्रवेश निषेध गरिएको छ । राजदूूत क्यर वार मिन्लाई म्यानमारका सैनिक सहचारीले अब उनी देशको प्रतिनिधि नरहेको भन्दै बुधबार दूतावासबाट बाहिरिन भनेको थियो । ‘मलाई बाहिर निकालियो,’ उनले रोयटर्सलाई भने । फेब्रुअरी १ मा म्यानमारको सैनिकले संकटकाल घोषणा गर्दै आफ्नो हातमा सत्ता लिएपछि सेनाको कमदको विश्वव्यापी विरोध भइरहेको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई सेनाले नियन्त्रणमा लिएसँगै उनको रिहाई माग्दे सबैमाथि सेनाले हिंसा मच्चाएकोे छ । मिन्ले सेनाको यस्तोे किसिमको हर्कतले देश विभाजन हुन सक्ने र अर्को द्वन्द्व मच्चिने भन्दै नेतृ सूचीलाई रिहा गर्न माग गरेका थिए । हालसम्म म्यानमारमा सूचीको रिहा माग गर्ने पाँच सय भन्दा बढी नागरिकलाई सेनाले मारिसकेको छ । बुधबारको घटनालाई मिन्ले बेलायतमा एक्कासी उनीबाट शक्ति खोसिएको रुपमा वर्णन गरेका छन् । ‘यस्तो किसिमको षडयन्त्र हुनै सक्दैन,’ म्यानमारस्थित दूतावासको सडकपेटीमा बसेर मिन्ले भने ।