NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

लिखित परीक्षामा फेल भएकालाई पास गराउने नेपालगञ्ज यातायातका १९ कर्मचारीलाई अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतीजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्र्तीण भएकालाई नतीजा परिवर्तन गरेको पाइएको छ । सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ । यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।