NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेस-माओवादी नयाँ सरकारकाे कसरतमा, नजिकिए ओली-महन्थ

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ। ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्। प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठकमा पनि देखियो।कांग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन्।उक्त बैठकमा ओलीसँग मिल्नैहुँदैन भनेर अडान राख्ने संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले पनि ठाकुरको लाइनविपरीत बोलेनन्। अहिले जसपाभित्र दुई लाइन छन्।एउटा लाइनको नेतृत्व ठाकुरले र अर्को लाइनको नेतृत्व यादवले गरेका छन्।यादवलाई भट्टराईले साथ दिएका छन्।यादवनिकट नेता तथा सांसद उमाशंकर अरगरैया पनि पार्टीभित्र दुई लाइन देखिएको स्वीकार गर्छन्।‘पार्टीभित्र दुई लाइन छन्।यो त देखिएकै कुरा हो,’ उनले भने, ‘यसबारे तत्काल बैठक बसी पार्टीले एउटा लाइन समात्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने आश्वासन दिएको र ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएको उनले बताए । ठाकुरलाई जसपाअन्तर्गत पूर्वराजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र यादवबाहेक सबैले साथ दिएका छन्। राजेन्द्र महतोले त खुलेरै साथ दिएका छन्।महेन्द्र यादव भने पछिल्लो समय उपेन्द्र यादवसँग निकट देखिएका छन्। आजकाे नागरिक दैनिकमा खबर छ।