NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यौनकर्मीमाथि लाखौं डलर उडाउँछन् बाइडेनका छोरा हन्टर

काठमाडौं । हाइप्रोफाइल व्यक्तिहरुको दैनिकी सबैका लागि चासोको विषय बन्दै आएको छ । अझ सार्वजनिक पद धारण गरेका र उनीहरुका आफन्तले गर्ने क्रियाकलापले समाजमा निकै प्रभाव पार्दछ । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनका विषयमा पनि सनसनीपूर्ण खुलासा भएको छ । मिडिया रिपोर्टसका अनुसार हन्टर बाइडेन यौनकर्मी महिला, ड्रग्स र लग्जरी गाडीमा करोडौं अमेरिकी डलर उडाउने गरेका छन् । बाहिर मात्रै होइन, नेपालमा पनि मन्त्री तथा अन्य ठूला सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानले गलत काम गर्ने प्रवृत्ति नै बनिसकेको छ । आफ्ना पिता पावरमा भएका कारण हन्टर बाइडेन पनि अनैतिक कार्य गर्नका लागि कुनै संकोच मान्दैनन् । डेली मेलमा प्रकाशित खबर अनुसार हन्टरको ल्यापटपबाट एक्सपर्टका माध्यमबाट एक लाख ३० हजार म्यासेज, एकलाख ५४ हजार इमेल र दुई हजारभन्दा बढी तस्वीर प्रास्त गरेका छन् । जसबाट कैयौं रहस्यम कुकृत्यको पर्दाफास भएको छ । रइस परिवारका सन्तानको निजी जिन्दगीसँग जोडिएका हन्टरको इमेल त्यतिबेला लिग भएको हो, जतिबेला जो बाइडेन राष्ट्रपति बनेका थिएनन् । तर, अर्बपति हुनुका साथै राजनीतिक पावरमा राष्ट्रपतिभन्दा कुनै कमी नभएका बाइडेनका छोरा हन्टरले भने आफ्ना पिताको पावरको मदहोसमा करोडौं रुपैयाँ वेश्यावृत्तिमा उडाउने गरेका छन् । रिपोर्टमा दर्जनौं तस्वीर, दस्तावेज, इमेल र अन्य च्याटको जाँच गर्दा सन् २०१३ देखि २०१६ सम्म हन्टर आफैं ऋणमा डुबेका थिए । करोडौंको आम्दानीका बावजुद पनि मनमौजी खर्च गर्ने र बिजनेश डिल रद्द हुने भएका कारण उनी ऋण डुबेको बताइएको छ । डेली मेलको अनुसन्धानबाट तत्कालीन समयमा हन्टर बाइडेनविरुद्ध एक घटना फेडरल एजेन्सीले जाँच गरिरहेको पनि खुलेको छ । त्यसबेला उनले एक इमेल लेखेका थिए । त्यसमा उनले आफूलाई जेल जाने डर भएको उल्लेख गरेका थिए । दस्तावेजको जाँचका क्रममा हन्टर बाइडेन ड्रग्सको चपेटामा पनि आएको पाइएको छ । डेली मेललाई प्राप्त उक्त दस्तावेजअनुसार उनले सन् २०१४ मा पोर्शे र एक अडी, २०१८ मा फोर्ड रेप्टर ट्रक र ८० हजार डलरको एक बोट, एक रेन्ज रोवर, ल्याण्ड रोवर, बीएमडब्लु र शेवरले ट्रकसहित कैयौं लग्जरी गाडी एकैसाथ खरिद गरेका थिए । उनले लाखौं डलर स्ट्रिपर्स र सन्दिग्ध यौनकर्मीमाथि पनि खर्च गरेका थिए । हन्टरले सन् २०१८ मा एक महिलालाई ‘स्वीटहट लभ यू’ भन्दै एक म्यासेज गरेका थिए । जसमा युक्रेनकी एम महिला आफ्नी आमाको घर भाडामा दिनेबारे जानकारी गराउँछिन् । प्लेन टिकट खरिद गर्नुका साथै स्यालरी पनि माग गरेकी छिन् । २० फेब्रुअरी २०१९ मा हन्टरले डायना पगानो नामकी एक महिलालाई म्यासेज गरेका थिए । डायना अन्य महिलाको सम्पर्कमार्फत हन्टरका साथ एक होटलमा बसेकी थिइन् ।