NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भीम रावलको प्रश्न, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी कता पुर्‍याउनुभएछ प्रधानमन्त्रीले ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिबाट वितरण हुने पदकमा लिम्पियाधुरासहितको नक्सा नराखिएकोमा आपत्ति जनाएका छन् । आइतबार बिहान धनगढीमा पत्रकारसँग कुरा गर्दै नेता रावलले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन ?’ उनले तक्ममा अंकित नक्साबारे गृहमन्त्रालयबाट आएको स्पष्टीकरणले आफूलाई झनै दुखित तुल्याएको र बढी आश्चर्यमा पारेको बताए । “लिम्पियाधुरा, लिपुलेक, कालापानी कता पुर्‍याउनुभएछ प्रधानमन्त्रीले ? उहाँको गृह मन्त्रालयबाट स्पष्टीकरण आएको छ । स्पष्टीकरण सुन्दा दुःख पनि लागेको छ, आश्चर्य बढी लागेको छ । गृह मन्त्रालयले भन्छ, तक्मा दिने निर्णय पहिल्यै भएको थियो । सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिले एक मतले पारित गरेपछि पहिल्यै निर्णय भएकाले नराखिएको भनेर ढाँट्ने ?’ उनले राष्ट्रहितविपरीतको चिन्तन, कानुनी र राजनीतिक दृष्टिकोणबाट गृह मन्त्रालयको तर्क नै गलत भएको बताए । ‘आफ्नो भूमि समेटेर प्रतिनिधिसभाले पारित गरेपछि सच्याउनु पर्दैन ?’, उनले प्रश्न गरे । लिपुलेक, लिम्पियाधुरा, कालापनी नेपालको भूमि होइन भनेर सामान्त गोयलसँग निर्णय गरेको भए आफूहरुलाई जानकारी नभएको उनको भनाइ थियो ।