NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

म्यानमारमा रोकिएन सेनाको बर्बरता, कम्तिमा ८० जनाको हत्या

काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रको पुनर्बहालीका लागि आन्दोलन गरिरहेका सर्वसाधारणमाथि फेरि गोली बर्साएको छ । प्रजातन्त्रको रक्षाका लागि आन्दोलनरत सर्वसाधारणमाथि शनिबार गोली बर्साउँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ । म्यानमारको समाचार संस्था ‘आउटलेट असिस्टेन्ट एसोसिएसन फर पोलिटिमल प्रिजनर्स’का अनुसार सेनाले सर्वसाधारणमाथि गोली बर्साउदा ८२ जनाको ज्यान गएको दाबी गरेको छ । सेनाले सर्वसाधारणमाथि क्रुर दमन गरेको र लासमाथि लास थुपारिएको संस्थाले बताएको छ । म्यनमार नाउँका अनुसार सेनाले शुक्रबार बिहानदेखि साँझसम्म गोली चलाएको दाबी गरेको छ । ‘म्यानमारमा नरसंहार भइरहेको छ, सेनाले सर्वसाधारणको छायाँ देखे पनि गोली बर्साइरहेको छ,’ प्रदर्शनको नेतृत्व गरिरहेका ये हुतुतले भनेका छन् । हालसम्म म्यानमारमा प्रजातन्त्रका लागि आन्दोलन गरिरहेका ६१८ सर्वसाधारणको मृत्यु भइसकेको छ। यद्यपि सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ । म्यानमार सेना जुनटाका प्रवक्ता मेजर जनरल जामिन टुनले अहिलेसम्म २४८ जना सर्वसाधारण र १६ जना सेनाको मृत्यु भएको जनाएका छन् । सेनाले सर्वसाधारणमाथि कुनै पनि स्वचालित हतियारको प्रयोग नगरेको उनको जिकिर छ ।