NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेसमा सभापति देउवा विनाको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा विना पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनको तयारीका लागि गर्नुपर्ने समायोजन र क्रियाशील सदस्यता नवीकरण र वितरणको विषय समयमा नसकिएपछि छलफल गर्न बोलाइएको बैठकमा देउवा आफू भने सहभागी नहुने भएका हुन् । ‘यो बैठकमा कांग्रेस सभापति सहभागी हुनुहुन्न’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘सदस्यताको विषयमा कहाँ कसरी मिलाउने हो सबै विषय मिलाउनु म केही विरोध गर्दिन भनेर सभापतिले जिम्मा दिनुभएको छ । त्यसैले सदस्यताबारे भएको प्रगतिबारे पदाधिकारी र पूर्व पदाधिकारीहरु मात्रै बस्न लाग्नुभएको हो ।’ सभापति देउवाका स्वकीय सचिव भानुले पनि सभापतिबाहेकका पदाधिकारी र पूर्व पदाधिकारीहरुको मात्रै बैठक बसेर शुक्रबारको केन्द्रीय समितिको लागि एजेण्डा तय गर्ने जानकारी दिए । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा क्रियाशील सदस्यता छानविन समितिको तर्फबाट रमेश लेखकले देशभरको अवस्थाबारे जानकारी गराउनेछन् । उनले पदाधिकारी र पूर्व पदाधिकारीलाई सदस्यताको अवस्थाबारे जानकारी गराएपछि सोमबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।बैठकले सदस्यता विवाद रहेका जिल्ला, टुंग्याउन बाँकी रहेका जिल्ला र अब कसरी अघि बढ्ने भन्नेमा एउटा खाका तय गर्नेछ । २ बजेका लागि बाेलाइकाे बैठक ३ बजे पनि सुरू भएकाे छैन ।