NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संसदीय समितिमा एमालेकाे हेरफेर, सुनुवाइ समितिबाट हटाइए सुरेन्द्र पाण्डे

काठमाडौं । संसदको ठूलो राजनीतिक दलको हैसियतमा संसदीय समितिमा प्रतिनिधित्वको माग राखेको नेकपा एमालेले समिति सदस्यहरू फेरबदल गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई सदस्य हेरफेरबारे जानकारी गराएका हुन् । एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाउँदै खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई सिफारिस गरेको छ । यस्तै राज्य व्यवस्था समितिमा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम पठाइएको छ भने घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि तथा जलश्रोत समितिमा पठाइएको छ ।