NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भोजपुरका अग्निपीडितलाई मुख्यमन्त्री राईले गरे आर्थिक सहयोग

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरकाअग्निपीडितलाई राहत वितरण गरेका छन् । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागीपीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गरेका हुन् । मुख्यमन्त्री राईले आगलागीपीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । सुख्खा मौसमका कारण सामुदायिक वनमा लागेको डढेलो हावाले उडाएर बस्तीमा ल्याउँदा आगलागी भएको थियो । आगलागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन, कञ्चन, भीमबहादुर र शान्तकुमारीको घर तथा कालिबहादुर राईको गोठ जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट करिब रु ३१ लाख बराबरको क्षति भएको छ ।