NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएरै छोड्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट जसरी पनि हटाएरै छोड्ने बताएका छन् । उनले केपी ओलीलाई तीनपटकसम्म प्रधानमन्त्रीबाट आफूहरुले हटाएको र अब चाँडै चौंथोपटक पनि हटाउने जिकिर गरेका छन् । आइतबार गृहजिल्ला पुगेको उनले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ओली नकचरो भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको आरोप लगाए । ‘केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौं । एकपटक संसदीय दलमा बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गर्‍यौं । दल नेताबाट ओलीलाई हटाएर मलाई सर्वसम्मत बनाइयो । संविधानअनुसार दल नेता नरहेपछि प्रम जान्छ नि । जानुपर्ने हो,’ प्रचण्डले भने । ओलीलाई पार्टीको केन्द्रीय समितिको ७० प्रतिशतले पार्टी सदस्यबाट समेत हटाउँदै प्रधानमन्त्रीबाट समेत हटाएको बताए । ‘३० प्रतिशत सदस्यले दिएको मतले दिएको पदलाई प्रधानमन्त्री भनिराख्न मिल्दै मिल्दैनथ्यो । तर त्यही भयो । हाम्रो तर्फबाट त हामीले जितेकै हो,’ प्रचण्डले भने । ओलीले संसद विघटनको प्रस्ताव गरेपछि त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै जनता लाखौं सडकमा उतारेर प्रधानमन्त्रीबाट तेस्रो पटक हटाएको बताए । ‘यसरी ओलीलाई तीनपटक त हामीले प्रधानमन्त्रीबाट हटायौं । अब चौथोपटक केही दिनभित्रै हटाउँछौं । हेरौं चौंथोपटक के हुन्छ,’ प्रचण्डले भने, ‘कांग्रेससँगको सहमतिमा कांग्रेसकै नेतृत्वमा सरकार बन्न सक्छ, यसपछि ओली प्रधानमन्त्रीबाट हट्छन् ।’